बारामा एकै परिवारका तीन जना मृत फेला
२०७९ असोज २६ गते

कलैया । बारा जिल्लामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार बाराको प्रसौनी गाउँपालिका–२ प्रष्टोकादेखि २ किलोमिटर उत्तरतर्फ उनीहरुको शव भेटिएको हो । मृत अवस्थामा फेला परेकाहरुमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाका राजवीर चौधरी छन् ।
स्थानीय ढोरा खोला किनारा दिउँसो साढे २ बजेतिर उनीहरुको शव फेला परेको हो ।
२०७९ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित










