धवलागिरि आधार शिविरमा २ नेपालीको मृत्यु
२०७९ असोज २५ गते

पोखरा । धवलागिरि आधार शिविरमा २ नेपालीको मृत्यु भएको छ । आरोही लिएर जाँदै गरेका पथ प्रदर्शक र भरियाको मृत्यु भएको हो । उनीहरू दशैंअघि त्यसतर्फ गएका थिए ।
अत्यधिक हिउँ परेको र हिउँले नै पुरिएर उनीहरूको मृत्यु भएको हो । तर उनीहरूको पहिचान भने खुलेको छैन । हिउँमा ४५ भन्दा बढी घोडा खच्चड पनि बेपत्ता भएका छन् । आधार शिविरबाट ४ गोठालाको उद्धार गरिएको छ ।
मंगलबार बिहान हेलिकोप्टर मार्फत उनीहरूको उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । अझै ५ जनाको उद्धार हुन नसकेको उनले बताए ।
प्रतिकुल मौसमका कारण थोरङ पासमा ३० पर्यटक अलपत्र परेका छन् । तर उनीहरू सबै सम्पर्कमा आइसकेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
२०७९ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित










