महाधिवेशनपछि देउवा कांग्रेसको निवर्तमान सभापति बन्नुहुन्छ : रिजाल

काठमाडौँ । रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालले १४औं महाधिवेशन सकिएपछि बहालवाला सभापति शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन् । ‘मैले धेरै तिक्ततापूर्ण कुरा बोल्नुहुन्न,’ नेता रिजालले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन सकिएपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्नुहुन्छ ।’

आफू नेपाली कांग्रेसको नेता भएरै पनि कांग्रेसभित्र शेरबहादुर देउवाको विकल्प धेरै पहिलेदेखि खोज्दै आएको उल्लेख गर्दै नेता रिजालले थपे, ‘उहाँको विकल्पमा नयाँ व्यक्ति सभापति बन्नुपर्छ भन्ने पक्षमा म पहिल्यैदेखि छु । अझै मेरो जोड यहीँ नै हो ।’

महाधिवेशन सकिनासाथ देउवा मुलुकको प्रधान मन्त्रीको हैसियतमा मात्रै रहने नेता रिजालको भनाइ छ । ‘त्यसपछि चाहिँ उहाँ नै सभापति रहिरहनुहुन्न,’ उनले भने, ‘त्यो हाम्रो सबैका माग हो, युवाहरूको माग हो । हामीले भनेका छाैँ, पुस्तान्तरण हुनुपर्छ ।’

देउवा नेतृत्वकै मन्त्रिपरिषद्का सदस्य रिजाल कांग्रेसको संस्थापनइतर पक्षका नेता हुन् । देउवाकाे नेतृत्वमा सरकार बन्दा रिजाल वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मन्त्री बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *