कांग्रेस बागमतीको पदाधिकारीमा क-कसले जिते ?

मकवानपुर । गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् ।

बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी भएका हुन् । उक्त पदका लागि उम्मेदवारी दिएका निकटतम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित भए । महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी भएका छन् । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो ।

महिलातर्फको सह महामन्त्रीमा जीवन डङ्गोल विजयी भए । जसमा निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङको उम्मेदवारी थियो । यसैगरी खुल्लातर्फको सह महामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भएका छन् । उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो । जसमा बिरबहादुर तामाङ, महेन्द्र थिङ, राजकुमार पाठक, जगन्नाथ धिमाल र जयनारायण सापकोटा मतसहित पराजित भए । –रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =