कांग्रेस अधिवेशन

गण्डकीमा गुटको प्रभाव: ‘हेभीवेट’माथि ‘साईलेन्ट’ नेता हाबी

पोखरा । गण्डकी प्रदेशको कांग्रेस अधिवेशनबाट हेभीवेट नेताहरू र बहालवाला मन्त्री तथा जनप्रतिनिधिहरू नै पराजित भएका छन् । सभापतिमा पराजित भएका अर्जुन जोशी तीन पटकसम्म सांसद र करिब १६ वर्ष पर्वत कांग्रेसको सभापति हुन् ।

उनी हाल केन्द्रीय सदस्य छन् । १३ औँ महाधिवेशनमा मनोनीत केन्द्रीय सदस्य बन्न उनी पौडेल खेमाबाट देउवातिर सरेका थिए । उपसभापतिमा पराजित दुवैजना खासै चिनिएका अनुहार होइनन् । उपसभापति बनेकी कल्पना तिवारी स्याङ्जा स्थित वालिङ नगरपालिकाकी उपमेयर हुन् भने अर्का उपसभापति मेखलाल श्रेष्ठ गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री हुन् ।

बागलुङका हरिप्रसाद श्रेष्ठ र म्याग्दीका नेत्र महत भेगीय कारणले पनि पराजित भएको हुनुपर्छ । महामन्त्रीमा बहालवाला मन्त्री नै पराजित भए । गण्डकीका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का पराजित हुँदा उनकै समकक्षी प्रदेशसभा सांसद विष्णु लामिछाने विजयी भए । अर्का उम्मेदवार ईश्वर पाण्डे पराजित भए भने गोरखाकै किरणबाबु श्रेष्ठले सर्वाधिक भोट ल्याएर विजयी भए । राजनीतिमा अस्ताउनै लागेका श्रेष्ठ विद्यार्थी राजनीतिमा सक्रिय भएपनि पछिल्लो समय ‘साईलेन्स’ थिए ।

याे पनि : कांग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा विजयी

पाण्डे गोरखाकै भीमसेन थापा गाउँपालिकाका अध्यक्ष हुन् । उनी गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष समेत हुन् । सह महामन्त्रीमा दुई मेयरहरू मिलेर अर्का मेयरलाई हराए । विजयी भएका रमेश पाण्डे लमजुङको मध्यनेपाल नगरपालिकाका मेयर हुन् भने रामचन्द्र जोशी पर्वतको कुस्मा नगरपालिकाका मेयर । विजयी भएका दुवैजना संस्थापन इतरका हुन् । पराजित भएका राजनराज पन्त गोरखा नगरपालिकाका मेयर हुन् । उनी संस्थापन पक्षबाट उम्मेदवार बनेका थिए । तनहुँका झुलबहादुर आले खासै चिनिएको ‘फेस’ होइन ।

महिला तर्फको सह महामन्त्रीमा पनि सामान्य उम्मेदवारले हेभीवेटलाई पराजित गरिन् । कास्कीकी कोपिला रानाभाट महिला संघ कास्कीको सभापति हुन् । तर उनी एक्टिभ छैनन् । उनीसँग पराजित नवलपुरकी ओमकला गौतम प्रदेश सांसद हुन् । उनी संसदीय गतिविधिमा सबैभन्दा सक्रिय मध्येकी सांसद हुन् ।

यहाँ गुट र भेगका कारण धेरै राम्रा उम्मेदवार पराजित भएका छन् । यसैपनि कमजोर रहेको संस्थापन पक्षका उम्मेदवारहरुविरुद्ध पौडेल पक्षले काउन्टर उम्मेदवार अघि सारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *