कांग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा विजयी

पोखरा । नेपाली कांग्रेसको गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । अन्तिम ४६ मत गन्न बाँकी हुँदै शर्मा धेरै मतान्तरका साथ विजयी भएका हुन् ।

११ सय मत गणना गर्दा शर्माले ७५ मतको अन्तर पारे । शर्माको ५ सय ८५ मत आएको छ भने निकटतम प्रतिस्पर्धी  अर्जुन प्रसाद जोशीको ५ सय १० छ । यहाँ शर्मा पौडेल पक्षका हुन् भने जोशी देउवा पक्षबाट प्रतिस्पर्धामा थिए ।

अन्य अधिकांश पदमा पौडेल प्यानका उम्मेदवार विजयी भएका छन् । केही पद भने देउवा पक्षका उम्मेदवार जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *