नेपालद्वारा ओमानलाई १९७ रनको लक्ष्य
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ् रोजेको नेपाल ४७ ओभर ४ बलमा १९६ रनमा अलआउट भयो । पहिलो ओभरमै कुशल भुर्तेललाई गुमाएको नेपालको इनिङ आशिफ शेखले ९० रन बनाउँदै केही सम्हालेका थिए । उनले ११२ बलमा १ छक्का र ७ चौकासहित ९० रन बनाए । यो उनले बनाएको व्यक्तिगततर्फको सर्वाधिक रनसमेत हो ।
कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २-२१, रोहितकुमार पौडेल २० र सन्दीप लामिछाने १६ रनमा आउट भए ।
आशिफले ज्ञानेन्द्रसँग दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि आशिफ र रोहितले ४२ रनको साझेदारी गरेका थिए । टिमको स्कोर १०० रन हुँदा रोहित आउट भए ।
त्यसपछि विनोद भण्डारी मात्र ६ रनमा आउट भए । त्यस्तै सोमपाल कामीले ७ कुशल मल्लले ४ विक्रम सोबले २ रन बनाए ।