राष्ट्रीय सभा उपनिर्वाचन

स्थानीय तहमा खिमलालकाे अग्रता

काठमाडाैं । राष्ट्रिय सभा सदस्यमा बाग्मती प्रदेश उपनिर्वाचनको स्थानीय तहका प्रमुख र उपप्रमुखको मतगणना सम्पन्न भएकाे छ । जसमा कलम चिन्हका खिमलाल देवकाेटाले अग्रता लिएका छन् ।
कूल मतदाता २३८ (१८ मतभार)  रहेकाेमा जम्मा  २३३ जनाले मतदान गरेका थिए ।

कलम चिन्हका देवकोटाले १२८ मत पाएका छन् । यसकाे मतभार २३०४ हुन्छ । यस्तै सूर्य चिन्हका रामबाहादुर थापा  बादलले १०३ मत पाएका छन् । यसकाे मतभार १८५४  हुन्छ । अर्का उम्मेदवार मादल चिन्हका कृष्णबहादुर तामाङले २ मत पाएका छन् । यसकाे मतभार ३६ हुन्छ ।

अब प्रदेशसभाका सांसदकाे मतगणना बाँकी छ । मतगणना सकेर विहीबार नै परिणाम सार्बजिनक गर्ने निर्वाचन आयाेगले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =