राष्ट्रीय सभा उपनिर्वाचन
स्थानीय तहमा खिमलालकाे अग्रता
२०७८ जेठ ६ गते

काठमाडाैं । राष्ट्रिय सभा सदस्यमा बाग्मती प्रदेश उपनिर्वाचनको स्थानीय तहका प्रमुख र उपप्रमुखको मतगणना सम्पन्न भएकाे छ । जसमा कलम चिन्हका खिमलाल देवकाेटाले अग्रता लिएका छन् ।
कूल मतदाता २३८ (१८ मतभार) रहेकाेमा जम्मा २३३ जनाले मतदान गरेका थिए ।
कलम चिन्हका देवकोटाले १२८ मत पाएका छन् । यसकाे मतभार २३०४ हुन्छ । यस्तै सूर्य चिन्हका रामबाहादुर थापा बादलले १०३ मत पाएका छन् । यसकाे मतभार १८५४ हुन्छ । अर्का उम्मेदवार मादल चिन्हका कृष्णबहादुर तामाङले २ मत पाएका छन् । यसकाे मतभार ३६ हुन्छ ।
अब प्रदेशसभाका सांसदकाे मतगणना बाँकी छ । मतगणना सकेर विहीबार नै परिणाम सार्बजिनक गर्ने निर्वाचन आयाेगले जनाएकाे छ ।
२०७८ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








