वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्वासीद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौँ । भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुले आफ्नो बसोबास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीबार पनि आन्दोलन जारी राखेका छन् ।

सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठीबास लगाएको भन्दै उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् ।

सरकारले समस्या समाधान नगरेसम्म आन्दोलन थप सशक्त रूपमा जारी राख्ने उनीहरूको चेतावनी छ । सुकुम्वासी नागरिक प्रेमबहादुर तामाङले सरकारले सुकुम्वासी र हुकुम बासी नछुट्याइकन सबैलाई एउटै डालोमा हाल्ने काम गरेको भन्दै आपत्ति जनाए ।

सरकार भूमि भएका र नभएका नागरिकको छानबिन गरेर मात्र सुकुम्वासी बस्ती हटाउनुपर्नेमा त्यसो नगरेको उनको भनाइ छ । उनले आफूहरूको वैकल्पिक व्यवस्थापन नभएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।

सरकारले गत वैशाख १२ र १३ गते काठमाडौैं उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्वासी बस्तीमाथि डोजर चलाएको थियो । १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भनेपनि सरकारले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 11 =