प्रधानमन्त्री बालेनले सचिवालयबाट हटाए माधव खनाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् ।
प्रधानमन्त्री बालेनले खनालको व्यक्तिगत गतिविधि र आचरण चित्त नबुझेपछि जिम्मेवारीबाट हटाएका हुन् ।
डेढ महिनाअघि भएको राहदानी (पासपोर्ट) प्रकरण, त्यसपछिको उनको भूमिका तथा अन्य व्यक्तिगत गतिविधि पनि संकास्पद रहेको स्रोतको दाबी छ । उनलाई टिममा राख्दा प्रधानमन्त्रीकै प्रतिष्ठामा आँच आउने भएपछि अन्ततः उनलाई सचिवालयबाटै हटाइएको हो ।
‘उहाँलाई टिममा राख्दा समस्या हुन्छ र प्रधानमन्त्रीको समग्र टिमको छविमा नै असर पर्छ भन्ने सामूहिक निष्कर्ष थियो । त्यसपछि उहाँलाई बोलाएर सम्झाउने र पत्र दिएर बिदा गरिएको हो’ स्रोतले भन्यो ।
स्रोतका अनुसार गत असार १ गते भएको राहदानी प्रकरणमा खनालको व्यवहार र भूमिकामाथि प्रश्न उठेको थियो ।
उक्त दिन उनी राहदानी विभागका अधिकारी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग चर्को र आक्रामक रूपमा प्रस्तुत भएको आरोप लागेको थियो ।








