संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदकाे निर्णय
२०७७ असार १८ गते

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
एक मन्त्रीका अनुसार मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे । अपरान्ह बोलाइएको मन्त्रिपरिषदको बैठक १५ मिनेट बसेर सकिएको थियो ।
मन्त्रिपरिषदको बैठकपछि अहिले बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक पनि सुरु भइसकेको छ । बिहीबार ११ बजेलाई तय भएको स्थायी कमिटी बैठक १२ बजेपछि सुरु भएको हाे ।
२०७७ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








