सशस्त्रका पाँच जना डीआईजीमा बढुवा

माघ २४, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । यसरी बढुवा हुनेमा कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ई.किशोर प्रधान र राजेन्द्र बस्नेत रहेका छन् । 

बढुवा भएकाहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा बिहीबार विशेष समारोहमा दज्र्यानी चिन्ह प्रदान गरेका थिए । 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो समारोहमा पदोन्नत्ति वृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र इमान्दारिताको मूल्यांकन गरेर पदोन्नति गरिएको बताए । 

खनालले अनुशासन तथा इमान्दारिता फौजको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै आ–आफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गर्न निर्देशन दिए । उनले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल तुल्याउन सवैले योगदान पु¥याउनु पर्ने बताउँदै बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको जानकारी दिए । 

उनले सशस्त्र प्रहरी बलका राष्ट्रसेवक कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामूहिक भावनाका साथ कार्यक्षेत्रमा निरन्तर कृयाशील रहनुपर्ने बताउँदै आम नागरिकलाई समान सेवा भावले सशस्त्र प्रहरी बल नेपालको सेवा सुरक्षा प्रदान गर्दै सकारात्मक सोचकासाथ संगठनको लक्ष्य प्राप्तीतर्फ उन्मुख रहन निर्देशन दिए । 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले भ्रष्टाचार, मानवअधिकारको हनन् र लैंगिक हिंसामा शून्य सहनशीलताको नीति अवलम्वन गरेको चर्चा गर्दै जनचाहाना अनुरुपको कार्यशैली अपनाई व्यावसायिक रुपमा कार्यसम्पादनमा कटिबद्ध रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =