लाजिम्पाटबाट ५० केजी गाँजासहित २ जना पक्राउ
२०७६ वैशाख ४ गते

काठमाडौं, ४ वैशाख । महानगरीय प्रहरी वृत्त दरबारमार्गको विशेष टोलीले लाजिम्पाटबाट ५० केजी गाँजासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त दरबारमार्गको विशेष टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पदम श्रेष्ठ र कुमार घिसिङ रहेका छन् । उनीहरुलाई आज परिसरले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । लाजिम्पाट क्षेत्रमा गाँजाको व्यापार हुन्छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले यसअघि पनि उक्त क्षेत्रको विभिन्न ठाउँमा छापा मार्दै आएको थियो ।
२०७६ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित








