१४ करोडको राँगो, जसको मासिक खर्च सुन्दा बेहोसै हुने

माघ २० । विभिन्न प्रजातिका पाँच हजार भन्दा बढी जनावरहरू भारतको राजस्थानमा लागेको अन्तराष्ट्रिय पशु मेलामा ल्याइएका छन् । ती मध्ये मुर्रा जातको भिमा नाम गरेको राँगो पनि रहेको छ । जसको मुल्य भारतीय रुपैयाँ १४ करोड रहेको छ । यसलाई दोस्रो पटक मेलामा ल्याइएको हो । 

१३ सय किलो तौल भएको राँगो साढे छ वर्ष को भएको छ । राँगो सँग यसका मालिक जवाहरलाल जांगिड , छोरा अरविन्द जांगिड र अन्य सहकर्मीहरू जोधपुरबाट पुष्कर आएका छन् । मरुभूमिमा लागेको जनावरहरूको बजारमा ऊँटहरू, घोडा ,र बिभिन्न प्रकारका जनावरलाई देखेर मेलामा आएका विदेशी तथा स्वदेशी पर्यटकहरू आकर्षित भएका छन् । 

मालिकका अनुसार प्रत्येक महिना भारु डेढ लाख रूपैयाँ राँगोको हेरचाह र खानामा खर्च हुन्छ । अरविन्दले राँगालाई एक किलो घ्यु , आधा किलो दहि, दुई सय ग्राम मह, २५ लिटर दूध, एक किलो काजू–बदाम आदि ख्वाईएको छ । अरविन्दका अनुसार राँगोलाई मेलामा बिक्रीको लागि नभई केवल मुर्रा जातको संरक्षण र सम्वद्र्धनका लागि ल्याइएको हो । 

गत वर्ष पनि भीमलाई पहिलो पटक पुष्कर मेलामा ल्याइएको थियो । त्यस पछि जांगिडले धेरै मेलाहरुमा आयोजित प्रतियोगितामा भाग लिएर पुरस्कार पाएका छन् । अहिले भारतमा मुर्रा जातको यो राँगोको ठुलो माग रहेको छ । उक्त राँगोको तौल एक बर्षमा सय किलो बढ्ने गरेको छ । 

गत वर्ष, जब भीमलाई पहिलो पटक पुष्कर मेलामा ल्याइएको थियो त्यति बेला यसको तौल १२ सय किलो थियो र यसको मूल्य १२ करोड रुपैयाँ रहेको थियो । यो बर्ष यसको मुल्य १४ करोड तोकिएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *