भारतमा भेटियो ३३ किलो सुन, नेपालबाट गायब गरिएकै सुन हुनसक्ने आशंका
२०७५ मंसिर २९ गते

मंसिर २९, काठमाडौँ । भारतमा ३३ किलो सुनसहित दुई जना नेपाली पक्राउ परेका छन् ।
भारतको पश्चिम बंगालको धनकुनीमा भारतीय अधिकारीहरुले इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मालाई ३३ किलो सुनसहित नियन्त्रणमा लिएका हुन् ।
null
साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा जेलिएको समितिले यो सूचना पाएलगत्तै अनुसन्धान थालेको स्रोतले बतायो ।
भारतमा समातिएको सुन गायब भएको भनिएको साढे ३३ किलो सुन हुन सक्ने सुन तस्करीको छानबिन गर्न गठित समितिको आशंका छ ।
दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २०७४ माघमा भित्रिएको साढे ३३ किलो सुन अहिलेसम्म गायब छ ।
सुन गायब पारिएपछि सुन तस्करीमा संलग्न चुडामणि उप्रेतीले यातना दिँदा एकजना भरिया मोरङको उर्लाबारी निवासी सनम शाक्यको ज्यान समेत गएको थियो ।
२०७५ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित








