भारतमा भेटियो ३३ किलो सुन, नेपालबाट गायब गरिएकै सुन हुनसक्ने आशंका

 

मंसिर २९, काठमाडौँ । भारतमा ३३ किलो सुनसहित दुई जना नेपाली पक्राउ परेका छन् । 

भारतको पश्चिम बंगालको धनकुनीमा भारतीय अधिकारीहरुले इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मालाई ३३ किलो सुनसहित नियन्त्रणमा लिएका हुन् । 

null

साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा जेलिएको समितिले यो सूचना पाएलगत्तै अनुसन्धान थालेको स्रोतले बतायो । 

भारतमा समातिएको सुन गायब भएको भनिएको साढे ३३ किलो सुन हुन सक्ने सुन तस्करीको छानबिन गर्न गठित समितिको आशंका छ । 

दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २०७४ माघमा भित्रिएको साढे ३३ किलो सुन अहिलेसम्म  गायब छ । 

सुन गायब पारिएपछि सुन तस्करीमा संलग्न चुडामणि उप्रेतीले यातना दिँदा एकजना भरिया मोरङको उर्लाबारी निवासी सनम शाक्यको ज्यान समेत गएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twenty =