छुटे लगतै अदालत परिसरबाटै पक्राउ परे लोहनी
मकालु खबर
२०७६ फागुन ५ गते
फागुन ५, चितवन । विप्लव समूहका पूर्वनेता तथा पूर्वशिक्षक समेत रहेका गुणराज लोहनी छुुटे लगतै फेरि अदालतकै परिसरबाट पक्राउ परेका छन् ।
अभद्र व्यवहारसम्बन्धी मुद्धा परेका लोहनीलाई आइतबार चितवन जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले लोहनीमाथि लगाइएको अभद्र व्यवहारको मुद्धा खारेज गर्ने फैसला सुनाएको थियो । तर प्रहरीले उनलाई अदालत परिसरबाटै पक्राउ गरी हेटौंडा लगेको छ ।
केही महिना अघिसम्म विप्लव समूहको केन्द्रीय सदस्य रहेका लोहनी आफ्नो स्वास्थ्य बिग्रेपछी पार्टीबाट विदा लिएका थिए । यसअघि कात्तिक ५ गते पक्राउ परेका लोहनी त्यस समय पाँच हजार रुपैयाँ धरौटी तिरेर छुटेका थिए ।
मकालु खबर
२०७६ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित