छुटे लगतै अदालत परिसरबाटै पक्राउ परे लोहनी

फागुन ५, चितवन । विप्लव समूहका पूर्वनेता तथा पूर्वशिक्षक समेत रहेका गुणराज लोहनी छुुटे लगतै फेरि अदालतकै परिसरबाट पक्राउ परेका छन् ।   

अभद्र व्यवहारसम्बन्धी मुद्धा परेका लोहनीलाई आइतबार चितवन जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले लोहनीमाथि लगाइएको अभद्र व्यवहारको मुद्धा खारेज गर्ने फैसला सुनाएको थियो । तर प्रहरीले उनलाई अदालत परिसरबाटै  पक्राउ गरी हेटौंडा लगेको छ । 

केही महिना अघिसम्म विप्लव समूहको केन्द्रीय सदस्य रहेका लोहनी आफ्नो स्वास्थ्य बिग्रेपछी पार्टीबाट विदा लिएका थिए । यसअघि  कात्तिक ५ गते पक्राउ परेका लोहनी  त्यस समय  पाँच हजार रुपैयाँ धरौटी तिरेर छुटेका थिए  ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *