भाइरल ‘भेलुबाजे’ रहेनन्

भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ।

उनको बिहीबार प्यूठान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अत्याधिक मादकपदार्थ सेवनको कारण बिरामी परेपछि उनलाई अफन्तले अस्पतालमा भर्ना गरेका थिए। दिउँसाे साढे १ बजे अस्पताल लगिएकाे थियाे। अस्पतालले साँझ ७:४० मा निधन भएकाे घाेषणा गरेकाे थियाे।

उनकी श्रीमतीको पनि केही समय पहिले मृत्यु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *