रवि ओड ५ लाख बुझाएर भए हिरासतमुक्त

धनगढी । वैवाहिक बलात्कार सम्बन्धी मुद्दामा प्रहरीमा आत्मसमर्पण गरेका नेपाल आइडल विजेता रवि ओड धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसपछि ओडलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो । सोहीअनुसार ओड धरौटी बुझाएर थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जोशीले जानकारी दिए ।

उनकाअनुसार नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्व वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

ओडले गत बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेका थिए । जिल्ला अदालतबाट पहिलो पटक पाँच र दोस्रोपटक पनि थप पाँच दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *