सरकारलाई बलियो बनाउने गरी विधेयकहरू अगाडी बढाउनुपर्छ : रेखा शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई बलियो बनाउनेगरी विधेयकहरू अगाडी बढाउनुपर्ने बताएकी छन् ।

बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनीले सरकार बलियो हुनुपर्ने धारणा राखिन् । उनीले जुन पार्टीको सरकार भएपनि र जो व्यक्ति मन्त्री भएपनि सरकार बलियो हुनुपर्ने बताइन् ।

विधेयकको छलफलका क्रममा बोल्दै सांसदहरूले राज्यले सञ्चालन गर्ने मिडियाहरुको सञ्चालक समिति अध्यक्षमा मन्त्री र सचिवलाई नराखी सभामुख अथवा राष्ट्रिय सभा अध्यक्षलाई बनाएर स्वतन्त्र निकाय बनाउनुपर्ने कुरा राखेपछि उनीले यस्तो बताएकी हुन् । राज्यका ठूला पदीय दायित्वमा भएका व्यक्तिहरूलाई यस्ता समितिहरूमा राख्नु नहुने मन्त्री शर्माको धारणा छ ।

उनीले भनिन्– ‘सञ्चालन गर्ने मुख्य मान्छे त अध्यक्ष हो । अध्यक्ष प्रस्तुतिको आधारमा बनाउने कि नियुक्त गर्ने । नाम सिफारिस गरेर त्यही व्यक्तिलाई नेपाल सरकारले तोक्ने हो भने यस्तामा चाहीँ हुनसक्छ । यदि साँच्चै व्यक्तिलाई प्रस्तुति गराउने, योग्य व्यक्ति ल्याउने, स्वतन्त्र व्यक्ति ल्याउने । मेरिटोक्रेसीमा जाने भन्ने हो भने सभामुख र मन्त्री उसको प्रस्तुति हेरेर बस्न सक्ने हो कि होइन ? हामी व्यक्तितिर नहेरौँ भन्ने हो मेरोचाहीँ । मन्त्रीतिर पनि नहेरौँ । अरूतिर पनि नहेरौँ । राष्ट्रिय सभाले सिफारिस समितिमा योजना आयोगको सदस्य लिएर आएको छ संशोधनमा । तर के गरौँ भने सरकारले गरेका काम, कारबाही गलत छन् भने त्यसलाई नियमन गर्ने, नियमनकारी रूपमा जाने, आलोचना गर्ने एउटा पार्ट हो । तर सरकार बलियो हुनुपर्छ । जस्तोसुकै पार्टीकोमा होस्, जोसुकै मन्त्री होस् । जो जेसुकै होस् । सरकार बलियो हुनुपर्छ भन्ने धारणा अनुरूप नै हामी अगाडी जानुपर्छ जस्तो लाग्छ । यस्तो खालको मा ठूलो पदीय दायित्वका व्यक्तिहरूलाई इन्गेज गराउने कुरा गम्भिरतापूर्वक सोचौँ भन्ने मेरो आग्रह छ ।’

उनीले सरकारले ल्याएको सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकलाई छिटो पारित गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *