आगलागीबाट ११ लाखको क्षति

फागुन १, बिराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बिचपानीमा भएको आगलागीमा ११ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । 

मंगलवार साँझ स्थानीय शिवनारायण श्रेष्ठको गाईगोठबाट अचानक आगलागी हुँदा छिमेकी गणेश कार्कीको टिनको छाना भएको १ तले कच्ची घर र घर भित्र रहेको सम्पुर्ण समान जलेर नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको छ भने शिवनारायण श्रेष्ठको गाईगोठ जलेर नष्ट हुँदा ६ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

उक्त आगलागी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 6 =