ब्रेन ट्युमरसँग जुध्दै दीपाश्री, सफल भयो शल्यक्रिया

काठमाडौँ । नेपाली चलचित्र उद्योगकी स्थापित निर्देशिका एवं अभिनेत्री दीपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ ।

करिब डेढ हप्ता अगाडि स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

चिकित्सकले विस्तृत स्वास्थ्यपरिक्षण गर्दा उनमा ब्रेन ट्यूमर देखिएको हो ।

त्यसपछि अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तको नेतृत्वमा रहेको टोलीले उनको मस्तिष्कमा रहेको ट्युमरको सफल शल्यक्रिया गर्यो ।

अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =