आगलागीबाट ११ लाखको क्षति
२०७५ फागुन १ गते

फागुन १, बिराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बिचपानीमा भएको आगलागीमा ११ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
मंगलवार साँझ स्थानीय शिवनारायण श्रेष्ठको गाईगोठबाट अचानक आगलागी हुँदा छिमेकी गणेश कार्कीको टिनको छाना भएको १ तले कच्ची घर र घर भित्र रहेको सम्पुर्ण समान जलेर नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको छ भने शिवनारायण श्रेष्ठको गाईगोठ जलेर नष्ट हुँदा ६ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उक्त आगलागी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
null
२०७५ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित








