डेनिस रंगकर्मीको प्रशिक्षणपछि नेपाली कलाकारद्वारा ‘क्लाउन शो’ प्रस्तुति (तस्बिरहरू)

काठमाडौं। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आइतबार डेनमार्ककी रंगकर्मी सिग्ने ग्राभलुन्ड थोम्सेनको निर्देशन तथा प्रशिक्षणपछि नेपाली रंगकर्मीहरूले ‘क्लाउन शो’ प्रस्तुत गरेका छन्।
थोम्सेनले नेपाली रंगकर्मी रविन परियार, सुमित भण्डारी, गोविन्द ओली, धनराज सुनार, पवित्रा खड्का, संगीता उराँव, सुशीला लुहार, बंसरी पाण्डे, रमन श्रेष्ठ र विष्णु श्रेष्ठलाई ६ दिने ‘क्लाउन’ कार्यशाला सञ्चालन गरेकी थिइन्।
सो प्रशिक्षणको समापनसँगै उनीहरूले आइतबार (असार २८ गते) साँझ शिल्पी थिएटरको प्रेक्षालयमा दर्शकमाझ ‘क्लाउन शो’ प्रस्तुत गरेका हुन्। संवादभन्दा शारीरिक हाउभाउ, भावभंगि, लय र सहज हास्यमा आधारित प्रस्तुतिले सबै उमेरका दर्शकलाई हँसाउँदै मनोरञ्जन प्रदान गरेको थियो।
कलाकारहरूले दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै क्लाउन कलाको सिर्जनात्मक पक्ष प्रस्तुत गरेका थिए।
तस्बिरहरू:









