काठमाडौंमा डेनिस रंगकर्मी सिग्नेको ‘क्लाउन शो’ (तस्बिरहरू)

काठमाडौं। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आइतबार डेनमार्ककी रङ्गकर्मी सिग्ने ग्राभलुन्ड थोम्सेनले विशेष ‘क्लाउन शो’ प्रस्तुत गरेकी छन्।

संवादविना शारीरिक हाउभाउ, अभिनय, लय र सहज हास्यमा आधारित उनको प्रस्तुतिले बालबालिकादेखि वयस्कसम्मका दर्शकलाई आकर्षित गरेको थियो। दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनले हाँसो र मनोरञ्जनका विविध क्षण सिर्जना गरिन्।

प्रदर्शनका क्रममा थोम्सेनले आगोसँग खेलिने जोखिमपूर्ण ‘फायर परफर्मेन्स’ तथा लामो लठ्ठी (स्टिल्ट) मा हिँडिने ‘स्टिल्ट वाकिङ’ को समेत आकर्षक प्रस्तुति दिइन्। यी प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बने।

औपचारिक प्रदर्शन अघि थोम्सेनले नेपाली रङकर्मीहरूको साथमा बत्तीसपुतली-गौशाला सडकमा ‘क्लाउन मार्च’ समेत गरेकी थिन्। डेनमार्कको कोपनहेगनस्थित द कमेडिया स्कुलबाट शारीरिक अभिनय (Physical Theatre) मा प्रशिक्षित थोम्सेन विश्वका विभिन्न देशमा क्लाउन, सडक नाटक, फायर आर्ट र स्टिल्ट वाकिङका प्रस्तुति तथा कार्यशाला सञ्चालन गर्दै आएकी कलाकार हुन्।

शब्दभन्दा बढी शारीरिक भाषा, भावभंगिमा र दर्शकसँगको प्रत्यक्ष संवादमा आधारित उनको प्रस्तुति भाषाको सीमाभन्दा बाहिर रहेर नेपाली दर्शकका लागि पनि सहज र मनोरञ्जनात्मक बनेको थियो।

तस्बिरहरू:

प्रतिक्रिया

One thought on “काठमाडौंमा डेनिस रंगकर्मी सिग्नेको ‘क्लाउन शो’ (तस्बिरहरू)

  1. नेपाली रङ्गमञ्च को लागी यो “क्लाउन शो ” अपबाद हो ।हामीलाई क्लाउन देखाउन बाताबरण मिलाउने शिल्पी थिएटर प्रति हार्दिक आभार प्रकट गर्दछु ।
    साथै नेपाली रङ्गमञ्च मा शिल्पी ले नागरिकको अफ्ठेरोमा शिल्प देखाउदै साथ दिइरहेको प्रति त म झन प्रभावित छु ।यसैगरी अन्य नयाँ नयाँ अभिनय का विविध विधा मा काम गर्दै जानुहोस धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =