सरकार चरम असफलतातर्फ उन्मुख भयो: वर्षमान पुन

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार असफल भइसकेको टिप्पणी गरेका छन् ।

गणेश नेपाली मृत्यु प्रकरणलाई दृष्टान्तको रूपमा पेस गर्दै उनले वर्तमान सरकार चरम असफलतातर्फ उन्मुख भएको जिकिर गरेका हुन् ।

नेता पुनले संसद् भवन अगाडि प्रेम आश्चार्यको आत्मदाहसम्बन्धि घटनाको स्मरण गराउँदै आफूले उक्त घटनालाई राज्यको चरम असफलता हो भनी गरेको टिप्पणी समेत प्रधानमन्त्री बालेन्द्र साहलाई स्मरण गराए ।

उनले प्रधानमन्त्री साहलाई गरिब, दुःखी र विपन्न नागरिकले बाँच्न नपाउने हो रु भनी सरकारलाई सरकारलाई प्रश्न समेत गरे ।

नेता पुनले भने ‘गणेश नेपालीको मृत्युको घटनाले स्तब्ध बनाएको छ । म उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । र यो सन्दर्भमा अहिले सामाजिक सञ्जालमा भाइरल भई राखेको सम्माननीय प्रधानमन्त्रीज्यूको २६ जनवरी २०२३ को एउटा स्ट्याटस छोटोमा म यहाँ उद्धृत गर्न चाहन्छु । एक जना नागरिक आफूले देखेको प्रगतिको लागि सक्ने सबैकामहरु गर्दछन् । एक जना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत सुनाएर आफले आत्महत्या गर्न लागेको खबर गर्दछन् । एक जना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्दछन् । त्यो आत्मादाहका धेरै कारण, धेरै सङ्केतहरू होलान् । तर सबैभन्दा ठुलो कारण राज्य हो । र सबैभन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो । सम्माननीय सभामुख महोदय सम्माननीय प्रधानमन्त्रीज्यू हुनुहुन्छ । नयाँ आशा साथ, नयाँ विश्वासका साथ उहाँ जनमतका साथ आउनु भएको छ । होइन के यो राज्यको असफलता हो ? यो गरिब, दुःखी, विपन्न, सुकुम्वासीहरू यो राजधानी वा देशभरि बाँच्न पाउँदैनन् ? उनीहरूले गरिखान पाउँदैनन् भन्ने सङ्केत हो ? सरकारको यसमा ध्यान जाओस् । जवाफ चाहन्छु यसबारे सम्माननीय सभामुख महोदय । प्रधानमन्त्रीको यही दृष्टिकोण छ कि बदलियो ? सत्तामा पुगेपछि । म यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

नेता पुनले वर्तमान सरकारले गरिबलाई गरेर खाने वातावरण समेत नदिएको गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =