रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी पदाधिकारी पदको फारम वितरण तथा दर्ता आज साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म हुनेछ ।

आयोगका प्रमुख भुवन केसीले पार्टीको पदाधिकारीमा उम्मेदवारी दिनेको प्रारम्भिक नामावली साँझ ७ः३० बजे प्रकाशित गर्ने जानकारी दिए । यसैगरी, ७ः३० बजेदेखि साँझ ८ः०० बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध, साँझ ८ः१५ बजेसम्म पदाधिकारीविरुद्ध परेको दाबी विरोधविरुद्ध जाँचबुझ गरिने र उम्मेदवारले नाम फिर्ता लिने समय साँझ ८ः३० बजेसम्म तोकिएको छ ।

पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशन साँझ ८ः४५ बजे, मौन अवधि राति ८ः४५ बजेदेखि राति ९ः१५ बजेसम्म, मतदान राति ९ः१५ देखि राति १२ः१५ बजेसम्म हुनेछ ।

यस्तै, मतगणना राति १२ः१५ बजेदेखि १ः१५ बजेसम्म गरिनेछ भने राति १ः३० बजे मतपरिणाम घोषणा गरिने तालिकामा उल्लेख छ ।

रास्वपाको गत आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =