काँग्रेस–एमालेलाई रविको आग्रह–पार्टीभित्र देखिएका विवादहरू सुल्झाउनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)लाई पार्टीभित्र देखिएका विवादहरू सुल्झाउन सुझाव दिएका छन् ।

चितवनको भरतपुरमा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले काँग्रेस र एमालेलाई शक्तिशाली दल भन्दै उनीहरूभित्र देखिएका अप्ठ्यारा नमिले मुलुकलाई पनि अप्ठ्यारो पर्नसक्ने बताए । काँग्रेस र एमालेभित्रका समस्या नमिल्दा देशलाई अगाडि लैजान समस्या हुने उनको भनाइ छ ।

उनले भने, ‘राष्ट्रिय राजनीतिमा आफ्नो मात्रै होइन, अरू सबै दल पनि ठिक हुनुपर्छ । अहिले देशका दुई शक्तिशाली दलमा समस्या देखिएका छन् । अप्ठ्यारा देखिएका छन् काँग्रेस र एमालेभित्र कहीँ न कहीँ अप्ठ्यारा देखिएका छन् । दुवै दलका शीर्ष नेताहरूले आफ्नोभित्रका अप्ठ्यारा मिलाउनु होला । ‘आफ्नो मात्रै होइन, अन्य दलका अप्ठ्यारा पनि मिले भने देश अगाडि जान्छ । उहाँहरू मिलेको देख्न पाइयोस् ।’

उनले निर्वाचनअघि नै आफूले प्रधानमन्त्री बालेन्द्र साहलाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइसकेको बताउँदै जनताका समस्या समाधान गरेर देश बनाउने जिम्मेवारी पनि बालेनकै भएको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =