राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस
२०८३ जेठ १३ गते

काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२/२०८३’ पेस गरेको छ ।
बुधवार बसेको सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।
सभामा आर्थिक अवेक्षण पेस गर्दै उनले सन् २०२६ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतमा समिति हुने अनुमान रहेको बताए । उनले प्रतिकुल विश्वपरिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३ दशमलव ८५ प्रतिशतले वृद्धि हुने अनुमान रहेको बताए ।
प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अर्थमन्त्री वाग्लेको भनाइ छ ।
उनले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार रु ६६ खर्ब पुग्ने तथा प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान रहेको समेत बताए ।
२०८३ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित








