अत्यावश्यक सेवामा कर नलगाउन माग गर्दै खानेपानी उपभोक्ताको प्रदर्शन (तस्बिरहरु)
२०८३ जेठ ६ गते

काठमाडौं। खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले खानेपानीमा लगाइँदै आएको सम्पूर्ण कर खारेज गर्न माग गर्दै बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
देशभरका खानेपानी उपभोक्ता समिति तथा संघका प्रतिनिधिहरू सहभागी प्रदर्शनमा खानेपानी जस्तो आधारभूत र अत्यावश्यक सेवामा कर लगाउनु अन्यायपूर्ण भएको भन्दै सरकारले तत्काल सबै प्रकारका कर हटाउनुपर्ने एकसूत्रीय माग राखेको छ।
प्रदर्शनकारीहरूले खानेपानीलाई नागरिकको मौलिक अधिकारसँग जोडिएको सेवा भएकाले यसमा करको भार थोपर्न नहुने बताएका छन्।
तस्बिरहरूः–

२०८३ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








