मञ्चमा फर्किएको महाभारतको अर्को सत्य ‘शकुनि’ (तस्बिरहरू)

काठमाडौँ । महाभारतको चर्चित पात्र शकुनिलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरिएको भारतीय नाटक ‘शकुनि’को मञ्चनसँगै राजधानीमा जारी त्रिदेशीय नाटक महोत्सव २०८३ सकिएको छ ।

कान्तिपुर थिएटरमा वैशाख २५ गतेदेखि जारी महोत्सवको अन्तिम दिन आइतबार (वैशाख २७) दौलत वैदको परिकल्पना तथा निर्देशनमा बनेको उक्त नाटक मञ्चन गरिएको हो ।

‘शकुनि’ले इतिहासका घटनाभन्दा पनि ती घटनाबीच लुकेका मौनता र अन्यायका प्रश्नहरूलाई मञ्चमा उतार्ने प्रयास गरेको छ ।

निर्देशक वैदका अनुसार नाटकको शकुनि बदला होइन, स्मृति हो । जसले धर्मको आवरणभित्र स्वीकार गरिएको अन्यायलाई बोकेको छ । समाजले खलनायक मानेको शकुनिलाई नाटकले परिणामका रूपमा होइन, त्यस परिणामसम्म पुग्ने प्रक्रियाका रूपमा हेर्छ ।

नाटकमा प्रयोग गरिएको ऐना समाजको त्यही चरित्रको प्रतीक बनेको छ, जसले सत्य देख्छ तर स्वीकार गर्न चाहँदैन । गान्धारीले आँखा बाँध्नु पनि केवल व्यक्तिगत निर्णय नभई न्यायभन्दा व्यवस्था रोजिएको एउटा युगको संकेतका रूपमा प्रस्तुत गरिएको छ ।

श्रीवर्धन त्रिवेदीको एकल अभिनय रहेको नाटकले शकुनिलाई सही वा गलत साबित गर्न खोज्दैन, बरु अपराधबोध, मौनता र अन्यायबीचको जटिल सम्बन्धलाई उजागर गर्छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =