रोशीखोला र बीपी राजमार्ग अनुगमन गर्न जाँदै गृहमन्त्री गुरुङ 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज रोशीखोला र बीपी राजमार्ग अनुगमनमा जाने भएका छन् । दिउँसो १ बजे मन्त्रीपरिषद्को बैठक सकेर उनी अनुगमनमा निस्किने भएका हुन् ।

वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =