सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता भएको बताएका छन् ।

सभामुख पदको कार्यभार सम्हालेपछि सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख अर्यालले विशेष अवस्थामा भएको प्रतिनिधिसभाको निर्वाचनबाट जनताले एउटा दललाई सरकारका सञ्चालनको नेतृत्व दिएको, केही दललाई प्रतिपक्षमा राखेको भए पनि नेपाली जनता नै बलियो प्रतिपक्ष रहेको सन्देश परिणामले दिएको बताएका हुन् ।

उनले सदनलाई प्रतिपक्षको थलोका रुपमा सुसञ्चालनका लागि आफूले अगुवाइ गर्ने प्रण गर्दै संसदीय गरिमा र महत्वलाई कमी हुन नदिने स्पष्ट गरे ।

सभामुख अर्यालले सुशासन र सहज तथा सेवा प्रवाहलगायत मुलुकका लागि आवश्यक कानुन निर्माणमा तीव्रता दिन संसद्का तर्फबाट ढिलाइ नहुने विश्वास पनि दिलाए ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनाम राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ स्थानमा विजय हासिल गरी सरकारको नेतृत्व गरिरहेको छ भने सत्ता पक्षकै प्रस्तावमा सभामुखमा अर्याल आज प्रतिनिधिसभाको बैठकबाट निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =