शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध म्याद थप, ५ दिन हिरासतमा रहने

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थप गरेको छ ।

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो । बहस सकिएसँगै उनलाई थप ५ दिन हिरासतमा राख्ने निर्णय गरिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान जारी छ । अग्रवाल २०७६ सालमा ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्ने प्रयास गरेको आरोपमा पनि पक्राउ परेका थिए, तर पछि विभागले तारेखमा छाडेको थियो ।

यसअघि शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । उनी बयान सकेर रिहा भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =