डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त
२०८२ चैत २२ गते

काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको प्रमुख कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो ।
महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हुनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने संवैधानिक जिम्मेवारीमा रहन्छन् ।
साथै, सरकारवादी हुने सबै मुद्दामा बहस पैरवीको नेतृत्वसमेत महान्यायाधिवक्ताले नै गर्छन् ।
२०८२ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित








