सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छः आलेमगर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाका सांसद शुरेशकुमार आलेमगरले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो निर्णय पञ्चायतकालीन निरंकुश तानाशाही व्यवस्थाको झल्को दिएको जिकिर गर्दै तत्काल सो निर्णय खारेज गर्न सरकारलाई सचेत गराए ।

सांसद आलेमगरले कुनैपनि राजनीतिक दलमा संगठनहरु आवद्ध हुने कुरा संविधान र कानूनसम्मत हुने भएकाले सरकारले त्यसलाई प्रतिबन्ध लगाउने काम गर्न नमिल्ने तर्क समेत गरे । ‘यो सरकारले विभिन्न दलमा आवद्ध विद्यार्थी संगठनहरुलाई प्रतिवन्ध लगायो भन्ने कुरा विभिन्न सञ्चार माध्याममा आएको छ । मलाई त्यस्तो त लाग्दैन । यो सरकार लोकतान्त्रिक हो भन्ने मलाई लाग्दछ । यदि त्यस्तो हो भने विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाउने यो निर्णय नेपाल सरकारले तुरुन्त खारेज गरोस् । फिर्ता लिइयोस्’ उनले भने ।

सांसद आलेमगरले बहुदलीय व्यवस्थामा दलहरु छान्ने अधिकार जोकोहीलाई पनि हुन्छ भन्ने कुरामा सरकारले हेक्का राख्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =