सरकारले खाना पकाउने ग्याँसको तत्काल आवश्यक व्यवस्था मिलाओस्ः जयन्तिदेवी राई

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभाकी सांसद जयन्तिदेवी राईले खाना पकाउने ग्याँसको तत्काल व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले खाना पकाउने ग्याँसको हाहाकार भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था मिलाउन सरकारलाई दबाब दिइन् ।

सांसद राईले उपभोक्ताले पैसा तिरेपछि खाना पकाउने ग्याँस पाउनुपर्ने उल्लेख गर्दै त्यसको व्यवस्था अझै नभएको भन्दै सरकारको. आलोचना समेत गरिन् । ‘झन्डै तीन महिना भइसकेको छ । हामी सबैले भोगेका छौँ । अहिले ग्याँसको अत्यन्तै हाहाकार छ । हुनत विश्वका धेरे मुलुकहरुमा यो समस्या आएको छ । तर पनि अहिले यसको विकल्प विद्युतीय चुल्हो भनिएता पनि सानो परिवारलाई मात्रै त्यो ठिक हुने । तर धेरै परिवार वृद्ध, केटाकेटीहरुको ठाउँमा त्यो समस्या भएको छ । र, अहिले १५ दिन लाईनमा बस्नुपर्ने र त्यसो गर्दा पनि ग्याँस नपाइने अवस्था छ । यसको उचित व्यवस्था मिलाउन म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । र सरकारले जनतालाई पैसा तिरेपछि त्यसको सेवा पनि उपलब्ध होस भन्न चाहन्छु’ उनले भनिन् ।

सांसद राईले विद्युतीय चुल्होले पनि ठूलो परिवारको समस्या नटर्ने अवस्था देखिएकाले पनि सरकारले खाना पकाउने ग्याँसको आवश्यक व्यवस्था मिलाउन ढिलाई गर्न नहुने स्पष्ट पारिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =