शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार अग्रवाललाई बयानका लागि नियन्त्रणमा लिइएको हो ।

विभागले अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइरहेको जनाएको छ । सोही सिलसिलामा उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि शुक्रबार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । व्यापारी दीपक भट्ट पक्राउ परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग जोडिएका अन्य व्यक्तिमाथि अनुसन्धान तीव्र बनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =