जातीय विभेद उन्मूलन दिवसमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । ६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (२१ मार्च, २०२६) को अवसरमा राजधानीको माइतीघर मण्डलामा विभिन्न संघसंस्थाले विरोध प्रदर्शन गरेका छन् ।
हालै सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकको घटनाले देशभर आक्रोश चुलिएका बेला प्रदर्शनकारीहरूले उक्त घटनासहित बलात्कारपछि हत्या गरिएका सम्पूर्ण नाबालिका तथा किशोरीहरूको न्यायको माग गरेका छन् ।
उनीहरूले जातीय विभेदकै कारण हुने हिंसा र हत्या अन्त्य हुनुपर्ने भन्दै ‘जातकै आधारमा कोही मारिन र मर्न नपर्ने’ समाज निर्माण गर्न सरकारसँग जोडदार माग गरेका छन्।
चैत महिनाको झरीसमेत बेवास्ता गर्दै माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले दोषीमाथि कडा कारबाही, पीडित परिवारलाई न्याय र यस्ता घटनाको पुनरावृत्ति हुन नदिन प्रभावकारी कानुनी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्।
हेर्नुहोस् तस्बिरहरू:









