‘पार्टी पुनर्निर्माणका लागि गगन थापाको नेतृत्व आवश्यक छ, राजीनामा स्वीकृत गर्नुहुन्न’

काठमाडौं । नेपाली काँग्रेसका अधिकांश केन्द्रिय सदस्यहरुले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा स्वीकृत गर्न नहुने धारणा राखेका छन् ।

पार्टी केन्द्रिय कार्यसमितिको जारी पार्टीपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रश्ताव पेश गरेका हुन् ।

बैठकमा बोल्ने बहुमत सदस्यहरुले नैतिकताको आधारमा दिएको राजीनामाको उच्च सम्मान गर्दै अस्वीकृत गर्नुपर्ने धारणा राखेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् ।

प्रवक्ता चालिसेकाअनुसार अधिकांश सदस्यहरुले देशको पछिल्लो परिस्थिति र पार्टी पुननिर्माणका लागि थापाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

अहिलेको समय परिस्थिति सम्हाल्न तथा पार्टीलाई थप जिम्मेवारीका साथ अघि बढाउने बेला उनको भनाइ छ ।

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामाको विषयमा बैठकमा छलफल भइरहेको छ ।

जारी बैठकले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट आएको जनमतलाई स्वीकार्ने निर्णय गरेको पनि प्रवक्ता चालिसेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =