कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा (तस्बिरहरू)

काठमाडौं । जेनजी घटनासम्बन्धी जाँचबुझ गर्न गठन गरिएको आयोगको प्रतिवेदन सार्वजनिकका लागि सरकारलाई दबाब दिन आइतबार माइतीघरमा जेनजी समूहले प्रदर्शन गरेका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न र कार्यान्वयन गर्न दबाब दिने उदेश्य सहित उनीहरू प्रदर्शनमा उत्रिएका छन् ।

सरकारले गत भदौ २३ र २४ गते भएको घटनाको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो, र आयोगले आफ्नो प्रतिवेदन पनि सरकार समक्ष बुझाइसकेको छ ।

फागुन २४ गते बुझाइएको उक्त प्रतिवेदन अझै सार्वजनिक नभएको र कार्यान्वयनमा नआएको भन्दै तुरुन्त कार्यान्वयनमा लैजान दबाब दिन प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =