विद्यार्थीका ४१ आविष्कार प्रदर्शनीमा: ‘एनएसए–स्टिम नोभा २०८२’ (तस्बिरहरू)

काठमाडौँ । गोकर्णेश्वर–३ स्थित नव सुन्ताखान एकेडेमीमा ‘एनएसए–स्टिम नोभा २०८२’ नामक विज्ञान तथा नवप्रवर्तन प्रदर्शनी आयोजना गरिएको छ ।

शनिवार आज विद्यालयले विद्यार्थीमा सिर्जनात्मकता, अनुसन्धान क्षमता र प्रविधिप्रति रुचि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

विद्यालय परिसरमा आयोजित प्रदर्शनीमा ४१ वटा स्टलमार्फत विद्यार्थीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) सम्बन्धी विभिन्न आविष्कार र प्रयोगात्मक सामग्री प्रदर्शन गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका विज्ञान परियोजना, प्रविधिमा आधारित मोडेल, रोबोटिक्स तथा दैनिक जीवनसँग सम्बन्धित नवप्रवर्तनहरू अवलोकनका लागि राखिएको छ।

‘Explore, Create, Innovate’ नारासहित आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले आफ्नो सिर्जनात्मक सोच र प्रयोगात्मक सिकाइलाई प्रत्यक्ष रूपमा प्रस्तुत गरेका छन् ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय समुदायका व्यक्तिहरूले पनि प्रदर्शनी अवलोकन गरेका छन् ।

विद्यालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानलाई व्यवहारमा उतार्ने अवसर दिनुका साथै अनुसन्धान, आविष्कार र समस्या समाधानतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

हेर्नुहोस् तस्बिरहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =