लालाबाला आठौँ समूहको प्रस्तुति नाटक  ‘बस है राम्ररी’ (तस्बिरहरू)

लालाबाला थिएटरले सन् २०१६ देखि बालबालिकाका लागि नियमित अभिनय कक्षा सञ्चालन गर्दै आएको छ

काठमाडौँ । बालबालिकामा सृजनात्मकता, आत्मविश्वास र रंगमञ्चीय अभिव्यक्ति विकास गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको लालाबाला थिएटरको नियमित अभिनय कक्षाको आठौँ समूहको  नाटक ‘बस है राम्ररी’ आज शनिवार मञ्चन गरिएको छ। गौशाला पिंगलस्थान स्थित नेपाल फिल्म क्याम्पसको प्रेक्षालयमा प्रस्तुत गरिएको यो नाटक बाल कलाकारहरूको उत्साहपूर्ण अभिनयले भरिएको थियो।

लालाबाला थिएटरले सन् २०१६ देखि बालबालिकाका लागि नियमित अभिनय कक्षा सञ्चालन गर्दै आएको छ। हरेक शनिवार सञ्चालन हुने यस कक्षामा सहभागी बालबालिकाले करिब छ महिनासम्म अभिनय, अभिव्यक्ति र रंगमञ्चीय अभ्यासको प्रशिक्षण लिन्छन्। त्यसपछि दुई महिनासम्म निरन्तर रिहर्सल गरी अन्त्यमा नाटक मञ्चन गर्ने परम्परा रहँदै आएको छ।

लालाबालाले तयार पारेका बाल कलाकारहरूले विभिन्न अन्तर्राष्ट्रिय नाटक महोत्सवहरूमा समेत सहभागिता जनाउँदै आएका छन्। हालै अस्ट्रेलियामा आयोजित कार्यक्रममा पनि लालाबालाको टोलीले ‘अन्तिम हिउँ’ नाटक मञ्चन गरेर प्रस्तुति दिएको थियो।

आठौँ समूहले मञ्चन गरेको ‘बस है राम्ररी’ नाटकका लेखक तथा निर्देशक टङ्क चौलागाईं हुन्। बाल कलाकारहरूको सहज अभिनय, संवाद शैली र मञ्च प्रयोगले दर्शकलाई आकर्षित गरेको थियो।

यस समूहमा सान्भी खड्का, आरध्या रेग्मी, सुबानी, उत्सव, प्रभाकर, श्रेयम्स, आरम्भ, सिवाँसमान वैध, दिव्यान्सी, गिरिस, स्लोकजंगलगायत विभिन्न विद्यालयका बालबालिकाहरू सहभागी थिए। उनीहरूले आफ्नो उमेरअनुसारको उत्साह र सृजनशीलतासहित रङ्गमञ्चमा प्रस्तुति दिएका थिए।

तस्बिरहरू:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =