प्रथम मेयर कप भलिबलको उपाधी लट्टेश्वरीलाई (तस्बिरसहित)

काठमाडौँ। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा ग्राम निर्माण बन्धु मण्डल क्लबले आयोजना गरेको प्रथम मेयर कप भलिबल प्रतियोगिता २०८२ को उपाधी लट्टेश्वरी कन्स्ट्रक्सन प्रालीले जितेको छ।

आइतबार आयोजक ग्राम निर्माण बन्धु मण्डललाई ३–१ को सेटमा हराउँदै लट्टेश्वरीले उपाधी जितेको हो।

लट्टेश्वरीले ग्राम निर्माणलाई पहिलो र दोस्रो सेटमा क्रमशः २९–२७ र २५–१५ को स्कोरमा पराजित गरेको थियो। तर तेस्रो सेटमा ग्राम निर्माण खेलमा फर्कँदै २५–१५ को स्कोरले नतिजा आफ्नो पोल्टामा पार्यो।

तर चौथो सेटमा उत्कृष्ट खेल खेल्दै लट्टेश्वरीले २५–१५ को स्कोरले ग्राम निर्माणलाई हराउँदै उपाधी हात पारेको हो।

उपाधी जीतेसँगै लट्टेश्वरीले नगद ५० हजार सहित ट्रफी र मेडल प्राप्त गरेको छ। यसैगरी द्वितीय हुने ग्राम निर्माणले नगद ३० हजार सहित ट्रफी र मेडल प्राप्त गर्‍यो।

विजेता तथा उपविजेता टिमलाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल र युवा तथा खेलकुद विकास समितिका संयोजक सञ्जय लामाले पुरस्कार प्रदान गरेका छन्।

तीन दिन चलेको यो प्रतियोगितामा कुल १३ टिमले सहभागिता जनाएका थिए।

तस्बिरहरुः–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =