डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको संघर्षपूर्ण जित, केप भर्डेलाई हराउँदै अन्तिम १६ मा

काठमाडौं । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार बिहान हार्ड रक स्टेडियममा भएको राउन्ड अफ ३२ को प्रतिस्पर्धात्मक खेलमा नवप्रवेशी केप भर्डेलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि रक्षाको यात्रालाई कायमै राखेको हो।
खेलको सुरुवाती समयमा केप भर्डेले बलियो चुनौती दिए पनि अर्जेन्टिनाको आक्रामक पङ्क्तिसामु उनीहरूको रक्षापङ्क्ति टिक्न सकेन।
अर्जेन्टिनालाई जित दिलाउन पहिलो हाफको २९औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
एक गोलले पछि परेको नव प्रवेसी केप भर्डेले दोस्रो हाफको ५९औं मिनेटमा बराबरी गोल फर्कायो। रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काएका हुन् ।
निर्धारित ९० मिनेटको खेल पछि थपिएको अतिरिक्त समयको दोस्रो मिनेटमै अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले गोल गर्दै २–१ कोअग्रता दिलाए।
सनसनी पुर्ण खेलमा केप भर्डेका सिड्नी लोपेसले अतिरिक्त समयको १०३ मिनेटमा अर्को गोल थप्दै खेल २–२ को बराबरी मा ल्याए।
तर १११ औं मिनेटमा लियोनेल मेस्सीको सहयोगमा क्रिस्टियन रोमेरोले हानेको बलमा केप भर्डेका डाइनी बोर्जेसले आत्मघाती गोल गरे।
प्रतियोगिताको यो नै निर्णायक गोल भयो र केप भर्डेलाई पाखा लगाउदै साविक बिजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेस गर्यो।
यस जितसँगै विश्वभरका अर्जेन्टिनी समर्थकहरू उत्साहित भएका छन्। विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलको समीकरण पूरा हुन अब अन्तिम खेल मात्र बाँकी रहँदा अर्जेन्टिनाले बलियो टोलीको रूपमा आफूलाई प्रस्तुत गर्दै उपाधि दौडमा अगाडि बढाएको छ।
अब प्रि–क्वार्टरफाइनलमा अर्जेन्टिनाले इजिप्टको समना गर्नेछ।








