फिफा विश्वकपको अन्तिम १६ आजबाट सुरु, दुई रोमाञ्चक खेल हुँदै

काठमाडौं। फिफा विश्वकप २०२६ को प्रि–क्वाटरफाइनल चरणको सुरुवात आज दुई रोमाञ्चक खेलबाट हुँदैछ। नेपाली समयअनुसार शनिबार राति १०:४५ बजे क्यानडा र मोरक्को आमनेसामने हुनेछन् भने आइतबार बिहान २स्४५ बजे पाराग्वे र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ।

ह्युस्टनस्थित एनआरजी स्टेडियममा हुने पहिलो खेलमा इतिहास रच्दै अन्तिम १६ मा पुगेको क्यानडा अफ्रिकी फुटबल शक्ति रास्ट्र मोरक्कोको चुनौती सामना गर्दै क्वाटरफाइनल यात्रा तय गर्ने लक्ष्यमा हुनेछ। समूह चरण र राउन्ड अफ ३२ मा प्रभावशाली प्रदर्शन गरेका दुवै टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

त्यसपछि फिलाडेल्फियास्थित लिन्कन फाइनान्सियल फिल्डमा पाराग्वे र फ्रान्सबीच अर्को रोचक भिडन्त हुनेछ। चारपटकको बिजेता युरोपेली फुटबलको ‘पावरहाउस’ जर्मनीलाई स्तब्ध पार्दै अन्तिम १६ पुगेको पाराग्वे दुईपटकको विश्व च्याम्पियन फ्रान्सविरुद्ध अर्को उलटफेर गर्ने योजनामा हुनेछ।

यता अनुभवी खेलाडीले भरिएको फ्रान्स भने आफ्नो उपाधि यात्रालाई निरन्तरता दिन जित निकाल्ने लक्ष्यमा मैदान उत्रिनेछ। यी दुई खेलका विजेताले क्वाटरफाइनलको लागी आफ्नो स्थान सुरक्षित गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + three =