पोखरामा राष्ट्रसेवक र सामुदायिक ११ बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा पोखरामा एक मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १० स्थित पोखरा रङ्गशालामा ‘राष्ट्रसेवक ११’ र ‘सामुदायिक ११’ बिच सो मैत्रीपूर्ण प्रतिस्पर्धा भएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कुमानसिंह गुरुङको प्रमुख आतिथ्यतामा उक्त खेल सम्पन्न गरिएको थियो ।

प्रहरी, प्रशासन र नागरिक समाज (समुदाय) बिचको सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउने उद्देश्यले यो मैत्रीपूर्ण खेलको आयोजना गरिएको आयोजकले जनाएको छ । खेलमा राष्ट्रसेवक कर्मचारीहरूको तर्फबाट ‘राष्ट्रसेवक ११’ र सामुदायिक सेवा केन्द्रका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको तर्फबाट ‘सामुदायिक ११’ मैदानमा उत्रिएका थिए ।

कार्यक्रममा जिल्लाका विभिन्न सरकारी निकायका प्रमुख, प्रहरी पदाधिकारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा खेल प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । खेल निकै उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =