अभिनेता सुनिल थापाको मृत्यु हृदयघातबाट भएको पुष्टि

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको मृत्यु हृदयघातका कारण भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा आइतबार बिहान गरिएको पोस्टमार्टमबाट उनको मृत्यु मुटुको नसा ब्लक भएर भएको देखिएको अस्पताल स्रोतले जनाएको छ ।

‘हृदयघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको छ,’ एक चिकित्सकले भने ।

पोस्टमार्टम प्रक्रिया पूरा भएपछि थापाको शव अस्पतालबाट लगिएको छ । दिवंगत अभिनेता थापाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने जनाइएको छ ।

६८ वर्षीय थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =